• २०८१ बैशाख १७ सोमबार

भारतीय खेलाडी अंकितलाई डिपिएलमा बलिङ गर्न प्रतिबन्ध  

kharibot

काठमाडौँ । जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा काठमाडौँ गोल्डेन्सबाट खेल्ने भारतीय खेलाडी अंकित डबासलाई बलिङ गर्न प्रतिबन्ध लागेको छ ।

एम्पायरले दुई पटकसम्म अंकितको बलिङ एक्सनमा उजुरी गरेपछि उनको बलिङको भिडियो विश्लेषण गर्दा उनको एक्सन गलत भेटिएपछि उनलाई अब डिपिएलमा बलिङ गर्न प्रतिबन्ध लगाइएको हो ।

दिल्लीका २६ बर्षिय अंकित काठमाडौँ गोल्डेन्सबाट यसै सिजनमा डिपिएल खेल्दै ५ खेलमा ६ विकेट लिएका छन् । अंकितले पछिल्लो खेल अत्तरियाविरुद्धको खेलमा ११ रन दिएर २ विकेट लिएका थिए ।

त्यस्तै अंकितले प्रतियोगितामा उत्कृष्ट ब्याटिंग गर्दै ५ खेलमा १५३ रन बनाउदै प्रतियोगितामा धेरै रन बनाउने खेलाडीमा दोस्रो स्थानमा रहेका छन् । अंकितले महेन्द्रनगर युनाइटेडविरुद्धको खेलमा सर्वाधिक ६५ रन बनाएका थिए । 

अंकित खेल्ने टिम काठमाडौँ गोल्डेन्स डिपिएलको दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडसँग शुक्रबार खेल्दै छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै