• २०८१ बैशाख १८ मंगलबार

फिफाद्वारा चेल्सीलाई नयाँ खेलाडी किन्न प्रतिबन्ध 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब चेल्सीलाई फिफाले दुई ट्रान्सफर विन्डोमा खेलाडी ट्रान्सफर गर्न प्रतिबन्ध लगाएको छ ।

फिफाले चेल्सीले जुनियर खेलाडीको ट्रान्सफरमा फिफाको नियम उलंघन गरेको आरोप लगाउदै चेल्सीलाई दुई विन्डोसम्म खेलाडी भित्राउन नपाउने भएको छ ।

फिफाको यस प्रतिबन्धका बारेमा चेल्सीले फिफाको अनुशासन कमिटिमा अपिल भने गर्न पाउने छ ।

फिफाको प्रतिबन्धपछि चेल्सीले अब २०२० को मध्यमा मात्र नयाँ खेलाडी किन्न पाउने छ । फिफाको यस कारवाही अनुसार आफ्ना हालका खेलाडीलाई अन्य क्लबमा बेच्न भने कुनै रोकतोक हुने छैन ।

साथै फिफाले चेल्सीलाई ६ लाख स्विस फ्र्यांक जरिवाना समेत गरेको छ । साथै फिफाले इङल्याण्डको फुटबल फेडेरेसनलाई समेत यसमा दोषी बनाउदै ५ लाख १० हजार स्विस फ्र्यांक जरिवाना गरेको छ ।
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै