• २०८१ बैशाख २१ शुक्रबार

ट्रम्प र किमको नक्कल गर्ने कलाकारलाई देश निकाला गर्ने चेतावनी !  

kharibot

कलाकार एक्स र ह्वाइट ट्रम्प र किमको नक्कल गर्दै , तस्बीर : इपिए

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यहि फेब्रुअरी २७ र २८ मा दोस्रो शिखर वार्ता भियतनाममा हुदै छ ।

यसका लागि उत्तर कोरियाली नेता ट्रेन चढेर भियतनाम तिर लागेका छन् । ट्रम्प र किमबीचको शिखरवार्ताको चर्चा भैरहेका बेला दुई कलाकारले ट्रम्प र किमको नक्कल गर्दै उनीहरुको भेषमा सार्वजनिक भएर चर्चामा आएका छन् । किमको अभिनय गर्ने हवार्ड एक्स र ट्रम्पको अभिनय गर्ने रसेल ह्वाइटले शिखरवार्ताको नक्कल गरेका छन् ।

शिखरवार्ताको नाटक गरेपछि भियतनामको प्रहरीले एक्स र ह्वाइटलाई पक्राउ गरेर छोडेको छ । समाचार एजेन्सी एएफपीका अनुसार दुवैले फेरी त्यस्तो अभिनय गरे देश निकाला गरिदिने धम्की दिइएको बताइएको छ । किमको नक्कल गर्ने एक्स हङकङ निवासी हुन् । उनीहरुले ट्रम्प र किमको नक्कल गर्नु उत्तर कोरियाको परमाणु महत्वकांक्षा कम गर्नु रहेको बताएका छन् ।

ट्रम्प र किमको दोस्रो शिखरवार्तालाई विश्वले प्रतिक्षाका साथ हेरिरहेको छ । यस अघि गतबर्ष जुनमा दुवैबीच सिंगापुरमा अहिलो ऐतिहासिक शिखर सम्मेलन भएको थियो ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै