• २०८१ बैशाख १४ शुक्रबार

म्यान्चेस्टर सिटीले जित्यो लिग कपको उपाधि 

kharibot

काठमाडौँ । म्यान्चेस्टर सिटीले चेल्सीलाई पराजित गर्दै कराबाओ कप (लिग कप) को उपाधि जितेको छ । गएराती भएको फाइनल खेलमा सिटीले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजति गर्दै लिग कपको उपाधि जितेको हो ।

निर्धारित समयमा खेल बिना कुनै गोल सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टी सुटआउटमा चेल्सीका लागि जर्जिनो र डेभिड लुइजले पेनाल्टी मिस गरेका थिए भने सिटीका लिरोय सानेले पेनाल्टी मिस गरेका थिए । सिटीका रहिम स्टरलिङले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीलाई लिग कपको उपाधि जिताएका थिए ।

यो सहित सिटीले छैठौ पटक लिग कपको उपाधि जितेको छ । प्रतियोगियाको इतिहासमा सिटीले भन्दा बढी लिभरपुलले ८ पटक यो उपाधि जितेको छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै