• २०८१ बैशाख १७ सोमबार

प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग

kharibot

धम्बोजी । बर्दियाका सरोकारवालाले प्रदेश नं ५ को राजधानी दाङमा बनाउन माग गरेका छन् । 

जिल्ला समन्वय समितिले आज सदरमुकाम गुलरियामा आयोजना गरेको कार्यक्रमका सहभागीले प्रदेशको स्थायी राजधानी दाङमा राख्नुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रमका सहभागीले प्रदेश राजधानीको नामका विषयमा लुम्बिनी, गौतम बुद्ध, थारुवान तथा मगरात राख्न सकिने सुझाब दिएका छन् । प्रदेशसभा सदस्य तिलक शर्मा हिमालले पाँच नम्वर प्रदेशको स्थान दाङ हुँदा उचित हुने बताए । 

संविधान सभाका सदस्य बिना ज्ञवाली, प्रदेशसभा सदस्य दिपेस थारु, कुलप्रसाद पोखे्रल, जिल्ला समन्वय समितिका सभापति शंकर थारु, आठै स्थानी तहका प्रमुख तथा उपप्रमुखले समेत आफ्ना धारणा राखेका थिए । 

कार्यक्रममा नेकपाका नेता लक्ष्मीप्रसाद शर्मा, पुर्ण शर्मा, अन्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, संघसंस्थाका प्रतिनिधीले भौगोलिक दूरीका हिसाबले बुटवल पाएक नपर्ने भएकाले दाङमा राजधानी हुनुपर्ने माग गरेक थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै