• २०८१ बैशाख १५ शनिबार

प्रशिक्षकको निर्देशन नमान्ने चेल्सीका गोलकिपरलाई कारवाही

kharibot

काठमाडौँ । प्रशिक्षक माउरीजियो सारीको निर्देशनलाई नमान्ने चेल्सीका गोलकिपर केपा एरीजाबालागालाई कारवाही गरिएको छ ।

कारबाओ कपको फाइनलमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा अन्तिममा चोट लागेको भन्दै प्रशिक्षक सारीले उनलाई सबस्टिच्युट गर्न खोज्दा नमानेपछि कारवाही गर्दै केपाको एक साताको तलब जरिवाना गर्दै माफी माग्न भनिएको छ ।

प्रशिक्षक सारीले केपाको ठाउमा अर्का गोलकिपरलाई सबस्टिच्युट गर्ने तयारी गरिरहदा केपाले मैदान भित्रबाट नै आफूलाई परिवर्तन नगर्न भन्दै अटेर गरेका थिए । 

२४ बर्षिय स्पेनिस गोलकिपर केपाको ब्यवहारले सारी निकै रुष्ट भएका थिए र उनले प्लेयर बक्समा आफ्नो रिस पोखेका थिए । तर खेलपछि प्रशिक्षक सारीले आफू दुईबीच बैचारिक विभेद भएको बताएका थिए । साथै उनले केपाले ठूलो गल्ती गरेको समेत बताएका थिए ।  

सो खेलमा चेल्सी पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

केपाले एक विज्ञप्ति जारी गर्दै आफुले फाइनल खेलमा भएको प्रकरणमा आफुले माफी मागेको बताएका छन् । त्यस्तै प्रशिक्षक सारीले केपासँग आफुले कुरा गरेको र यो विषयमा केपाले माफी मागेको बताएका छन् । सारीले यो विषय अब टुंगिएको सारीले बताएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय