• २०८१ बैशाख २२ शनिबार

सुनुवाई समितिको मंगलबारको बैठकमा पनि कोरम पुगेन

kharibot

फाइल तस्बीर

काठमाडौं । संसदीय सुनुवाई समितिको मंगलबारको बैठक पनि कोरम नपुगेर स्थगित भएको छ । यसअघि, आइतबारको समिति बैठक कोरम नपुगेकै कारण स्थगित भएको थियो ।

थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाईका लागि बोलाइएको बैठक दुई पटकसम्म स्थगित भएको हो ।

१५ सदस्यीय सुनुवाई समितिको मंगलवारको बैठकमा जम्मा ७ जना सांसद उपस्थित थिए । नेकपाका मात्रै ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १-१ जना सांसद सदस्य रहेका छन् ।

आइतबारको बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपाले मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । तर, सांसदहरु सुमन प्याकुरेल र शिवकुमार मण्डल उपस्थित भएनन् । संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठ पनि अनुअपस्थित रहे ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भने संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गरिरहेका छन् । काँग्रेसले संबैधानिक परिषदले प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संबैधानिक आयोगका अध्यक्ष नियुक्ति गरेको भन्दै विरोध जनाउदै आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै