• २०८१ बैशाख २५ मंगलबार

किमले दिए पहिलो पटक विदेशी पत्रकारको प्रश्नको जवाफ !

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उन अहिले दोस्रो शिखर वार्ताका लागि भियतनाममा रहेका छन् ।

बिहिबार बिहान ट्रम्प र किमको भेटवार्ता भइरहेको छ । यसैबीच उत्तर कोरियली नेता किमले पहिलो पटक विदेशी पत्रकारको प्रश्नको उत्तर दिएका छन् । किमले वाशिंगटन पोष्टका पत्रकार डेभिड नाकामुराले सोधेको जवाफलाई किमले आफ्ना ट्रान्सलेटरको माध्यामबाट जवाफ दिएका थिए ।

पत्रकार नाकामुराले सोधेको अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ता सफल हुन्छ भन्ने कुरामा कति विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा किमले अहिले यस बारेमा भन्न अलि छिटो हुने भन्दै किमले आफु निराश नरहेको जवाफ दिएका थिए । किमले आफ्नो उत्तरको अन्त्यमा राम्रो नतिजा आउने बताएका थिए ।    

यसअघि दुई नेताबीच भियतनामको राजधानी हनोइमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भने, “म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।” 

“म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु,” किमले भने । 

अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किम हनोइस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा करिब २० मिनेट कुराकानी भएको थियो । त्यसपछि उनीहरू आफ्ना निकट सहयोगीका साथ सोही होटेलमा हल्का भोजमा सहभागी बनेका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताबीच गत बर्षको जुनमा पहिलो पटक भेट भएको थियो । उक्त भेटमा नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक हतियारबाट स्वतन्त्र बनाउने बिषयमा हस्ताक्षर गर्नुभएको थियो । तर वार्तापछि लामो समयसम्म उत्तर कोरिया र अमेरिकाबीच औपचारिक छलफल हुन सकेको थिएन । 

“हामी पुनः वार्ताका लागि हनोइ आएका छौँ,” किमले थपे । मलाई लाग्छ थप विचारकासाथ अघि बढ्ने समय आएको छ । “हामीले यस घडीमा धैर्य बन्दै उत्कृष्ट सोचविचारसहित अघि बढ्ने प्रयास गर्नुपर्छ ।” 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै