• २०८१ बैशाख १४ शुक्रबार

ट्रम्प-किम शिखर वार्ता बिना सम्झौता सकियो 

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच भियतनाममा भएको दोस्रो शिखर वार्ता बिना सम्झौता सकिएको छ ।

ह्वाइट हाउसका प्रवक्ता सारा सैन्डर्सका अनुसार शिखर वार्तामा ट्रम्प र किमबीच कुनै सम्झौतामा हस्ताक्षर हुन सकेन । कुनै सम्झौतामा हस्ताक्षर नभए पनि दुवै नेताका प्रतिनिधिबीच आउने दिनहरुमा भेटघाट भइरहने समझदारी बनेको प्रवक्ता साराले उल्लेख गरेकी छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शिखर वार्तापछि मिडियालाई सम्बोधन गर्दै हाम्रो र उनीहरु (किम जोङ उन) को हेर्ने तरिकामा अलिकति फरक आएको बताए । ट्रम्पले उत्तर कोरियाले अमेरिकाले लगाएका प्रतिबन्ध सबै फुकुवा हुनुपर्ने अडान राखेको तर अमेरिकाले भने परमाणु हतियार पुरा नष्ट गरेपछि क्रमश प्रतिबन्ध हटाउने अडान दोहोराएकाले समझदारी बन्न नसकेको बताए ।

शिखर वार्ता बारे विस्तृत विवरण आउनेक्रममा रहेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै