• २०८१ बैशाख १८ मंगलबार

बैशाखदेखि पाईपलाईन सञ्चालनमा आउने, निकुञ्ज क्षेत्रको रुख कटान सुरु

kharibot

बारा । मोतिहारी अमलेखगंज पाईपलाईनमा पर्ने पर्सा राष्ट्रिय निकुन्जको जंगल बुधवार देखी काटन सुरु भएको छ ।

जंगल कै कारण रोकिएको पाईपलाईन बिस्तार मन्त्रिपरिषदको निर्णय आए लगत्तै टिसीएनले काटन सुरु गरेको हो ।

भारतको मोतीहारीबाट आउँने पाईपलाईन भारत तर्फ बिस्तारको काम सम्पन्न भैसकेको र नेपालमा केहि समय यता ९ किलोमिटर निकुन्ज भित्र पर्ने जंगल कै कारण काम रोकिएको थियो ।

निकुन्जले हामीलाई रुख काट्ने आधिकारीक पत्रचार गरे पछि हामीले आजै देखि रुख काटन सुरु गरेको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदिप यादवले बताए । उनले ४५ दिन भित्र बाँकी ९ किलोमिटर जंगल क्षेत्रको सबै रुख टिसीएनले मार्फत कटाईने र कटान कै सँगसँगै पाईप बिस्तारको काम पनि हुँने हुँदा आउँदो बैशाख महिनाबाट पाईपलाईनको काम सञ्चालनमा आउँने बताएका छन् ।

रक्सौल सिमाबाट नेपाल भित्र पर्ने २७ किलोमिटर पाईप ओछयाउँने काम सम्पन्न भैसकेको छ , भने पर्सा राष्ट्रिय निकुन्ज भित्र पर्ने ९ किलोमिटर वन क्षेत्र कटान अनुमती पर्खेर आयोजना बसेको थियो ।

प्रोजेक्ट एक महिना ढिलो

९ किलोमिटर भित्र ६ हजार पाँच सय ६३ ठूला रुख र ८ हजार १६ ससना रुखहरु रहेका छन् । निकुन्जको बन क्षेत्र कटान अनुमती ढिलो भएकै कारण मार्च २८ मा सकिनु पर्ने प्रोजेक्ट एक महिना ढिलो हँने बताउँदै प्रमुख यादवले अब कामले गति लिने बताए ।

टिसीएनले कटान गरेका काठहरु निकुन्ज अन्तरर्गत कै भिमेश्वर सामुदायीक वन उपभोक्ता समिती र राधाकृष्ण वन उपभोक्ता समितीले प्रयोगमा ल्याउँने छन् । टिसीएन अन्तरर्गत रुख कटानका लागि निसा सप्लार्यस हेटौंडाले भ्याट सहिँत एक करोड ४७ लाखमा बोल–पत्र सकार गरेको छ ।

बजार क्षेत्र र जंगल कै कारण ढिलो हुँदा परियोजनाको लागत समेत बढेको छ । सुरुमा दुई सय ७५ करोड भारतीय रुपैंयाँमा सम्पन्न हुँने लक्ष्य रहेको आयोजनाको लागत तीन सय २४ करोड पुगेको आयोजनाले जनाएको छ ।

परियोजनाले पाईपलाईन बिस्तारसँगै आयल निगम अमलेखगंज डिपोमा समेत व्यापक सुधार तथा स्तरोउन्तीको काम तिब्र गतीमा भईरेको छ ।

भारत तर्फको ३२ किलोमीटरमा पाईपलाईनको सबै काम सम्पन्न गरी भारतीय प्राविधीकहरु यति बेला अमलेखगंज डिपोको काममा जुटेका छन् । डिपो भित्रको समेत ७५ प्रतीशत काम सम्पन्न भएको आयोजनाको दाबी छ ।

पाईपलाईन सञ्चालनमा आए पछि रक्सौल अमलेखगंज टं«याकंरद्वारा हुँने लोकल ढुवानी र रक्सौलबाटै सोझै नेपालका विभिन्न पेट्रोल पम्पहरुमा हुँने ढुवानी बन्द हुँने छन् । पाईपलाईन सञ्चालनमा आए पछि लाखौंको चुहावट , चोरी र ढुवानी भाडा बापतको करोडौं रकम निगमले मुनाफा कमाउँने छ ।

निकुन्जको जंगल कै कारण पथलैया बिरगंज ६ लेन सडक बिस्तार समेत अवरुद्ध बनेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै