• २०८१ बैशाख १७ सोमबार

उर्जामन्त्री पुन अस्वस्थ, नर्भिकमा भर्ना  

kharibot

काठमाडौँ । उर्जामन्त्री बर्षमान पुन स्वास्थ्यमा समस्या भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । नर्भिक अस्पतालले मन्त्री पुन अस्पताल भएको पुष्टि गरेको छ । 

अस्पतालका उपमहाप्रबन्धक आरपी मैनालीले मन्त्री पुन अस्पताल भर्ना भएको र अहिले सिसियुमा रहेको बताएका छन् । मन्त्री पुनलाई डा. यादव भट्ट लगायतका डाक्टरको समुहले उपचार गरिरहेको उनले बताए ।

उच्च रक्तचाप र फोक्सो सम्बन्धि समस्या रहेका पुनले यसअघि पनि बैंककमा लामो समय उपचार गराएका थिए । अहिले घरमा बेहोस भएपछि अस्पताल ल्याइएको बताइएको छ ।

मैनालीले मन्त्री पुनको विभिन्न टेस्ट गर्न लागिएको र त्यसको रिपोर्ट पछि मात्र के भएको भन्न सकिने खरीबोटलाई बताए । मन्त्री पुन साँझ ५ बजे अस्पतालमा पुगेको बताइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै