• २०८१ बैशाख २४ सोमबार

अधिकारीको निधनबाट नेकपा स्तब्ध, आजै अन्त्यष्टि गरिदै

kharibot

काठमाडौँ । शनिबर राति निधन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पुर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको आज अन्त्यष्टी हुने भएको छ ।

नेकपाले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय अधिकारीको पार्थिव शरीरलाई आज बिहान ९ देखि १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा अन्तिम श्रद्धान्जलीका लागि राखिने जानकारी दिएको छ । 

तत्पश्चात पार्टी कार्यालयबाट शव यात्रासहित पशुति आर्यघाट पुगी आजै अधिकारीको अन्त्यष्टी गरिने जनाइएको छ ।

नेकपाका पार्टी कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८३ वर्षको उमेरमा भएको निधनबाट पार्टी स्तब्ध रहेको उल्लेख गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै