• २०८१ बैशाख १७ सोमबार

अलबिदा भरतमोहन (फोटो फिचर)

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उनका छोरीहरु लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । 

सोही अवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले उहाँप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो । 

भरतमोहन अधिकारीले मुलुकको कार्यवाहक प्रधानमन्त्री, दुई पटक उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेका थिए । 

विसं २०४७ पुस २२ गते नेकपा (माक्र्सवादी) र नेकपा (माले)का बीचमा एकीकरणमा उनले अहम् भूमिका निर्वाह गरेका थिए । नेपालको संविधान २०४७, अन्तरिम संविधान २०६३ तथा नेपालको संविधानमा नेता अधिकारीको योगदान महत्वपूर्ण रहेको थियो ।

नेता अधिकारीले अर्थमन्त्री हुँदाका समयमा ल्याएका थिए ।  ‘आफ्नो गाउँ आफैं बनाऔँ’, ज्येष्ठ नागरिक भत्ताजस्ता कार्यक्रम अति लोकप्रिय रहेका छन् ।

तस्बीर : प्रकाश ओझा/ खरीबोट, रासस 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै