• २०८१ बैशाख १७ सोमबार

अधिकारीको निधनप्रति काँग्रेसद्वारा दु:ख व्यक्त

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पुर् उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनप्रति दुख व्यक्त गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति प्रकासित गर्दै पुराना नेता श्रद्धेय भरतमोहन अधिकारीको निधनले दुःखीत तुल्याएको बताएका छन् । उको विदाईसंगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको छ भने व्यक्तिगत रुपमा मैले एक सहृदयी मित्र गुमाएको देउवाले उल्लेख गरेका छन् । 

सभापति देउवाले भनेका छन्, ‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत संघर्षमा उहाँको भूमिकासंगै यो क्षण म राजनैतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पुर्याउनु भएको योगदान स्मरण गरिरहेको छु ।’

सभापति देउवाले अधिकारीको निधनप्रति व्यक्तिगत एवं काँग्रेस पार्टी परिवारकै तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी एवं उनको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै