• २०८१ बैशाख १७ सोमबार

नेकपाले फागुन २३ गते भृकुटीमण्डपमा श्रद्धाञ्जली सभा गर्ने 

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले  फागुन २३ गते काठमाडौँको भृकुटीमण्डपमा श्रद्धाञ्जली सभा गर्ने भएको छ ।

आज बसेको केन्दीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकले फागुन १८ गते काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका पार्टीका नेता तथा पूर्व उप्रधानन्त्री भरतमोहन अधिकारीका निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले आज देशभरका सबै पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले आज,  भोलि र पर्सि तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय समेत गरेको छ ।

गएराती निधन भएका अधिकारीको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै