• २०८१ बैशाख १७ सोमबार

बीमा समूहको वृद्धिका कारण बढ्यो नेप्से 

kharibot

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । बीमा समूहको उच्च वृद्धिका कारण नेप्से दोहोरो अंकले बढेको हो । नेप्से आज १६ दशमलव एक अंकले बढेर ११ सय २७ दशमलव ७७ बिन्दुुमा चढ्दा सेन्सिटिभ तीन दशमलव ४३ अंकले बढेर दुुई सय ३९ दशमलव ७२ बिन्दुुमा चढेको छ ।

एक सय ७६ कम्पनीहरुको पाँच हजार चार सय ६१ वटा कारोबारमा ११ लाख ३९ हजार चार सय ८१ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २९ करोड छ लाख ९८ हजार आठ सय ११ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समूहको कारोवार भएकोमा उत्पादनमूलक समूहको कारोवार सूचक १८ दशमलव ६९ अंकले गिरावट आए पनि बाँकी समूहको सूचक उच्च अंकले बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ९२ अंकले बढेर नौ सय ६३ दशमलव २३ बिन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक पनि १७ दशमलव ९१ अंकले बढेर १४ सय ३३ दशमलव १४ विन्दुुमा चढेको छ ।

यसैगरी, निर्जीवन बीमा समूहको सूुचक पनि एक सय पाँच दशमलव २४ अंकले बढेर पाँच हजार चार सय ६५ दशमलव २१ बिन्दुुमा चढ्दा जीवन बीमा समूहको सूचक पनि एक सय ५९ दशमलव ३२ अंकले बढेर पाँच हजार नौ सय तीन दशमलव ७६ बिन्दुुमा चढेको छ । जलविद्युुत्, फाइनान्स, होटल, अन्य र लघुुवित्त समूहको कारोवार सूचक पनि उच्च अंंकले बढेका छन् ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको राधी जलविद्युुत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ रुपैयाँ ९२ पैसाले बढेर एक सय ७१ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सेन्ट्रल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ३५ पैसाले घटेर एक सय छ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ११ सय पाँच रुपैयाँ अन्तिम मूल्यमा एक करोड ७९ लाख ६४ हजार नौ सय ५९ रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै