• २०८१ बैशाख १७ सोमबार

रनवीर सिंह र आलिया भट्ट अभिनित 'गली ब्वाय' चलचित्रको सिक्वेल बन्ने

kharibot

यसै वर्षको फेब्रुअरीमा रिलिज भएको रनवीर सिंह र आलिया भट्ट अभिनित चलचित्र ‘गली ब्वाय’ को सिक्वेलको तयारी भइरहेको निर्देशक जोया अख्तरले बताएकी छिन् ।

डेकान क्रोनिकलसँगको अन्तरवार्ताको क्रममा जोयाले चलचित्रले सम्बोधन गरेको भारतीय हिपहप संगीतबारे अझै थप कुरा भन्न बाँकी रहेकाले यसबारे अर्को चलचित्रको पटकथामा आफू र लेखक रिमा काग्तीले काम गरिरहेको जनाएकी छिन् ।

भारतीय र्यापर डिभाइन र नेजीको जीवनमा आधारित भएर बनाइएको ‘गली ब्वाय’मा रनवीर सिंहले मुराद अहमद नामक पात्रको भूमिका निर्वाह गरेका थिए । उक्त पात्रलाइ डिभाइन र नेजीको समिश्रण गरेर निर्माण गरिएको थियो । यी दुवै र्यापर फिल्मको सङ्गीत निर्माणमा पनि समावेश भएका थिए ।

'गली ब्वाय'ले दर्शक र समीक्षक दुवैको माया पाएको थियो भने बक्स अफिसमा सुपरहिट बन्दै विश्वव्यापी रुपमा २४० करोड भारु भन्दा बढी कमाइ गर्न सफल भएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै