काठमाडौँ । इङलिश प्रिमियर लिगमा लिभरपुलले बर्नलीमाथि सहज जित हासिल गरेको छ । आइतबार भएको खेलमा लिभरपुलले बर्नलीलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।
लिभरपुलको जितमा रोबेर्टो फिर्मिनो र साडियो मानेले २-२ गोल गरेका थिए । फिर्मिनो =ले खेलको १९औ मिएंत र ६७औ मिनेटमा गोल गरेका थिए भने मानेले खेलको २९औ मिनेटर ९३औ मिनेटमा गोल गरेका थिए ।
बर्नलीका लागि वेस्टवूड र गुडमुण्डसनले एक एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुल ३० खेलमा ७३ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा रहेको छ भने शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा एक अंकले पछाडी रहेको छ ।