• २०८१ बैशाख १७ सोमबार

विप्लव नेतृत्वको नेकपा आपराधिक संगठन ठहर, प्रतिबन्ध लगाउने निर्णय 

kharibot

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

विप्लव समूहले विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको भन्दै सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाए सँगै अब विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्न नपाउने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै