• २०८१ बैशाख १६ आइतबार

बार्सिलोनाको जितमा मेसीको ह्याट्रिक, ला लिगामा १० अंकको अग्रता 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा लियोनेल मेसीको ह्याट्रिकको मद्धतले बार्सिलोनाले रियल बेटिसविरुद्द सहज जित हासिल गरेको छ ।

गएराती भएको खेलमा बार्सिलोनाले बेटिसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेसीले ३ गोल गरे भने लुइस स्वरेजले एक गोल गरेका थिए । त्यस्तै बेटिसका लागि एक गोल लोरेन मोरोनोले गरेका थिए ।

मेसीले योसँगै ला लिगामा आफ्नो ३३औ ह्याट्रिक पुरा गरेका छन् । मेसीले भन्दा बढी क्रिस्टियानो रोनाल्डोले ला लिगामा ३४औ ह्याट्रिक गरेका छन् ।

मेसीले बार्सिलोनाका लागि ६७४औ खेल खेल्दै ४७७औ जित हासिल गरेका छन् । त्यस्तै मेसीले ला लिगामा यस सिजनमा २६ खेलमा २९ गोल गरेका छन् । त्यस्तै बार्सिलोना भने पछिल्लो १६ ला लिगा खेलमा अपराजित रहेको छ, जसमा १३ जित र ३ बराबरी रहेको छ ।

जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिड माथि १० अंकको स्पष्ट अग्रता लिदै ला लिगाको उपाधि जित्ने दिशा तर्फ अगाडी बढेको छ । एथलेटिको म्याड्रिडले शनिबार एथलेटिको बिलबाओसँग हार बेहोरेपछि बार्सिलोना भन्दा १० अंकले पछाडी रहेको हो ।

बार्सिलोनाको २८ खेलमा ६६ अंक छ भने एथलेटिकोको २८ खेलमा ५६ अंक रहेको छ । त्यस्तै रियल म्याड्रिडको भने २८ खेलमा ५४ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै