भारत साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा

खरीबोट

विराटनगर । भारत साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।

अब प्रतियोगिताको फाइनलमा शुक्रबार नेपाल र भारत प्रतिस्पर्धा गर्ने छन् ।

भारतको जितमा इन्दुमती काथेरासेनले २, डालिमा चेबेर र मनीषाले एक एक गोल गरेका थिए । 

यस अघिको साफ महिला फुटबल च्याम्पियनसिपमा भारत र बंगलादेशबीच फाइनल भएको थियो । भारतले यसअघिका सबै चार संस्करण जितेको थियो । 

सम्बन्धित समाचार

साफमा उपविजेता बनेको महिला टिमलाई एन्फाले एक-एक लाख दिने  

काठमाडौँ । साफ महिला फुटबल च्याम्पियन्सिपमा उपविजेता भएको राष्ट्रिय महिला फुटबल टिमका सदस्यलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही एक लाख प्रदान गर्ने भएको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल

साफ महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित 

काठमाडौँ । साफ महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भएको छ ।  पहिलो हाफमा उत्कृष्ट खेल देखाएको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा भारतसँग फेरी पराजित भएको छ

साफ महिला फुटबल : भारतको २-१ को अग्रता 

काठमाडौँ । साफ महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल २-१ गोल अन्तरले पछाडी परेको छ ।  भारतका लागि ग्रेस डांगमेईले खेलको ६३औ मिनेटमा गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाएकी छन् ।  यसअघि

साफ महिला फुटबल : नेपालले जवाफी गोल फर्कायो, सावित्राले गरिन गोल 

काठमाडौँ । साफ महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपालले गोल फर्काउदै खेल १-१ को बराबरी गरेको छ । नेपालका लागि खेलको ३४औ मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले जवाफी गोल फर्काएकी थिइन् ।


z