काठमाडौँ । साफ महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपालले गोल फर्काउदै खेल १-१ को बराबरी गरेको छ ।
नेपालका लागि खेलको ३४औ मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले जवाफी गोल फर्काएकी थिइन् । सावित्राको प्रतियोगितामा यो चौथो गोल हो । उनले यस प्रतियोगितामा खेलेका सबै खेलमा गोल गरेकी छन् ।
यसअघि खेलको २६औ मिनेटमा भारतकी डालीमा चिम्बरले फ्री-किकबाट गोल गरेपछि भारतले सुरुवाती अग्रता लिएको थियो ।
साफ महिला च्याम्पियनसिपमा अहिलेसम्मका चारै उपाधि भारतले जितेको छ भने तीन फाइनलमा नेपालले भारतसँग पराजित भएको छ ।