काठमाडौँ । साफ महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल २-१ गोल अन्तरले पछाडी परेको छ ।
भारतका लागि ग्रेस डांगमेईले खेलको ६३औ मिनेटमा गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाएकी छन् ।
यसअघि नेपालका लागि खेलको ३४औ मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले जवाफी गोल फर्काएकी थिइन् । सावित्राको प्रतियोगितामा यो चौथो गोल हो । उनले यस प्रतियोगितामा खेलेका सबै खेलमा गोल गरेकी छन् ।
यसअघि खेलको २६औ मिनेटमा भारतकी डालीमा चिम्बरले फ्री-किकबाट गोल गरेपछि भारतले सुरुवाती अग्रता लिएको थियो ।
साफ महिला च्याम्पियनसिपमा अहिलेसम्मका चारै उपाधि भारतले जितेको छ भने तीन फाइनलमा नेपालले भारतसँग पराजित भएको छ ।