• २०८१ बैशाख १६ आइतबार

आजदेखि आइपिएलको महाकुम्भ : कसले जित्ला उपाधि ? 

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को १२औं संस्करण आजदेखि शुरु हुदै छ । यस मार्च २३ देखि सुरु हुने यस आइपिएल आगामी मे १२ सम्म हुने छ । टी-२० क्रिकेटको विश्व कै ठुलो फ्रेन्चाईज लिग आइपिएलमा आठ टिमले भाग लिदै छन् । 

यस आइपिएलमा मुम्बई इण्डियन्स, चेन्नई सुपरकिंग्स, दिल्ली क्यापिटल्स, किंग्स इलेभेन पंजाव, कोलकोता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स र सनराइजर्स हैदरवाद गरि कुल आठ टिम खेल्दै छन् ।

आइपिएलको पहिलो खेल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच आज राति सवा ८ बजे हुदै छ । भारतीय टिमका वर्तमान कप्तान विराट कोहलीले कप्तानी गरेको बैंगलोर र पुर्व कप्तान महेन्द्र सिंह धोनीले कप्तानी गरेको चेन्नई टिमबीचको पहिलो खेल नै रोचक हुने देखिन्छ ।

कप्तान र प्रशिक्षक :

मुम्बई इण्डियन्सको कप्तान रोहित शर्मा छन् भने प्रमुख प्रशिक्षक महिला जयवर्धने रहेका छन् । त्यस्तै चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्रसिंह धोनी रहेका छन् भने प्रमुख प्रशिक्षक स्टेफेन फ्लेमिङ रहेका छन् । त्यस्तै किंग्स इलेभेन पंजावको कप्तान रविचन्द्रन आश्विन रहेका छन् भने प्रमुख प्रशिक्षक माइक हसी रहेका छन् ।

त्यसै गरि कोलकोता नाइटराइडर्सको कप्तान दिनेश कार्तिक रहेका छन् भने प्रमुख प्रशिक्षक ज्याक कालिस रहेका छन् । त्यसैगरी राजस्थान रोयल्सको कप्तान आजिख्य रहाने रहेका छन् भने प्रमुख प्रशिक्षक पाडी उप्टन रहेका छन् ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहली रहेका छन् भने प्रमुख प्रशिक्षक गेरी क्रिष्टन रहेका छन् । त्यस्तै सनराइजर्स हैदरावादका कप्तान केन विलियम्सम छन् भने प्रमुख प्रशिक्षक टम मुडी रहेका छन् ।

अहिलेसम्मका विजेता :    

अहिलेसम्म ११औं संस्कार समाप्त हुदा अहिलेसम्म मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सले ३-३ पटक आइपिएलको उपाधि जितेका छन् भने कोलकोता नाइटराइडर्सले २ पटक आइपिएलको उपाधि जितेका छन् । त्यस्तै सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र डेकन चार्जर्सले एक के पटक आइपिएलको उपाधि जितेका छन् ।

अहिलेसम्म रोयल च्यालेन्जर्स बैंगलोर, किंग्स इलेभेन पंजाव र दिल्ली क्यापिटल्सले अहिलेसम्म आइपिएलको उपाधि जितेका छैनन् ।

अहिलेसम्म सबै भन्दा धेरै पटक आइपिएलको फाइनलमा चेन्नई सुपर किंग्स ७ पटक पुगेको छ । भने ३ पटक विजेता र ४ पटक उपविजेता बनेको छ । त्यस्तै अहिलेसम्म तीन पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको टिम रोयल च्यालेन्जर्स बैंगलोर हो ।

त्यस्तै चेन्नई सुपरकिंग्स आइपिएलको डिफेन्डिङ च्याम्पियन हो भने सनराइजर्स हैदरावाद गत सिजनको उपविजेता हो ।

ब्रान्ड मुल्य :

लण्डनमा रहेको एक स्वतन्त्र कम्पनि ब्राण्ड फ्रान्सले गरेको अनुसन्धान अनुसार आइपिएल फ्रेन्चाईजी टिममा सबै भन्दा धेरै ब्रान्ड मुल्य भएको टिम मुम्बई इण्डियन्स हो । मुकेश अम्बानीको टिम मुम्बई इण्डियन्सको ब्राण्ड मुल्य ११३ मिलियन अमेरिकी डलर रहेको छ । त्यस्तै दोस्रो धेरै ब्रान्ड मुल्य भएको टिम कोलकोता नाइटराइडर्स हो । शाहरुख खान र जुही चावलाको टिम कोलकोताको ब्रान्ड मुल्य १०४ करोड अमेरिकी डलर रहेको छ ।

त्यस्तै तेस्रो धेरै ब्रान्ड मुल्य भएको आइपिएल टिम चेन्नई सुपरकिंग्स हो । भारतीय क्रिकेट बोर्डका पुर्व अध्यक्ष एस श्रीनिवासको टिम चेन्नईको ब्रान्ड मुल्य ९८ मिलियन डलर रहेको छ । त्यस्तै विजय मालियाको टिम रोयल च्यालेन्जर्स बैंगलोरको ब्रान्ड मुल्य पनि ९८ मिलियन डलर रहेको छ ।

त्यस्तै सनराइजर्स हैदरावादको ब्राण्ड मुल्य ७० मिलियन डलर रहेको छ भने दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पंजावको ब्रान्ड मुल्य ५२-५२ मिलियन डलर रहेको छ । त्यस्तै राजस्थान रोयल्सको ब्रान्ड मुल्य ४३ मिलियन डलर रहेको छ ।

अहिले एक सिजनमा आइपिएलमा कुल ५.३ बिलियनभन्दा बढीको आर्थिक कारोबार भएको ब्राण्ड फ्रान्सको अनुसन्धानले देखाएको छ ।

सन्दीपको दोस्रो सिजन :

आइपिएलमा यस सिजनमा पनि नेपाली बलर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दै छन् । गत सिजनमा आइपिएल डेभ्यु गरेका सन्दीपले ३ खेलमा ५ विकेट लिएका थिए । आइपिएलपछिको एक बर्षमा विश्वका चर्चित फ्रेन्चाईज लिग खेलेर अनुभव बटुलेका सन्दीपको टिम दिल्ली क्यापिटलले आइतबार राति सवा ८ बजे मुम्बई इण्डियन्सविरुद्ध खेल्दै आइपिएलमा आफ्नो सुरुवात गर्दै छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै