• २०८१ बैशाख २९ शनिबार

युरोकप छनौटमा इटालीको विजयी सुरुवात, युवा खेलाडीको उत्कृष्ट प्रदर्शन  

kharibot

काठमाडौँ । युरोकप छनौट अन्तर्गत इटालीले विजयी सुरुवात गरेको छ । गएराती भएको खेलमा इटालीले फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

इटालीको जितमा निकोलो बरेल्ला र मोएस कीनले एक एक गोल गरेका थिए ।  २२ बर्षिय बरेल्लाले खेलको ७औ मिनेटमा गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए भने १९ बर्षिय युभेन्टसबाट खेल्ने युवा खेलाडी कीनले खेलको ७४औ मिनेटमा गोल गर्दै इटालीको अग्रता दोब्बर गरेका थिए । 

कीन इटालीका लागि गोल गर्ने दोस्रो कम उमेरका खेलाडी बनेका छन् । उनलाई इटालीको नयाँ फुटबल स्टारको रुपमा हेरिएको छ ।

सन् २०१८ को विश्वकपमा छनौट हुन असफल भएको इटालीले जितसँगै युरोकपमा भने सुखद सुरुवात गरेको छ । 

इटालीले आगामी मंगलबार लिएचटेनस्टेइनविरुद्ध खेल्दै छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय