काठमाडौँ । यस बर्षको साहित्य तर्फको नोबेल पुरस्कार ब्रिटिश उपन्यासकार कजुओ इशिगुरोले पाएका छन् । नोबेल पुरस्कार वितरण समितिले आज साहित्य तर्फको नोबेल पुरस्कारको घोषणा गरेको हो ।
जापानमा जन्मिएका ६२ बर्षिय उपन्यासकार इशिगुरो द बरीड जाइन्ट, नेभर लेट मी गो, होएन वि वोयेर अर्फान, द अनकन्सोल्ड, द रिमेन्स अफ द डे, जस्ता चर्चित उपन्यास लेखेका छन् ।
इशिगुरोले उपन्यासका अलावा स्क्रिन प्ले र साना कथाहरुपनि लेखेका छन् । उनका तीन किताबलाई फिल्म समेत बनाइएको छ ।
इशिगुरोलाई टाइम म्यागजिनले सन् २००८ मा ब्रिटेनका उत्कृष्ट ५० लेखकको सुचिमा राखेको थियो ।उनको किताब द रिमेन्स अफ द डे ले सन् १९८९ मा बुकर प्राइज पनि जितेको थियो ।