• २०८१ बैशाख १७ सोमबार

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा तीनमहीने योजना

kharibot

फाइल तस्बीर

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन सरोकारवाला निकाय दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तयार पारिएको तीनमहीने कार्ययोजना २०७५ बारे छलफलका क्रममा उनले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । 

“तीनमहीने कार्ययोजनालाई सामान्य पूर्वाधारका रुपमा खडा गरी काम गर्नु आवश्यक छ”, उनले भने । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अझ सुदृढ, सवल र सुरक्षित बनाउनका लागि उक्त योजना अगाडि ल्याइएको बताए ।

तीनमहीने कार्य योजनाअन्तर्गत चक्रपथभित्रका करिडोर सञ्चालन, फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रसिङ बनाउने, ट्राफिक सचेतनासम्बन्धी कक्षा सञ्चालनलगायत कार्यक्रम छ । 

छलफलमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ भक्तपुर र ललितपुरका महानगरपालिका प्रमुख एवं प्रतिनिधि, सडक विभागका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि, गुणस्तर तथा नापतौल विभागका प्रतिनिधिलगायत सरोकारवालाको उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै