• २०८१ बैशाख १७ सोमबार

रोनाल्डोको इन्जुरी ठिक हुदै, एजाक्सविरुद्ध खेल्ने प्रशिक्षकको विश्वास  

kharibot

काठमाडौं । इन्जुरीका कारण मैदान बाहिर रहेका क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिग अन्तर्गतको खेलमा मैदानमा फर्किने सम्भावना बढेको छ ।

युभेन्टसका म्यानेजर मासीमिलियानो अल्लेगरीले रोनाल्डो एजाक्सविरुद्धको खेलमामा मैदानमा फर्किने विश्वास व्यक्त गरेका छन् । प्रशिक्षक अल्लेगरीले रोनाल्डो अहिले धेरै ठिक भएको जानकारी दिदै शनिबार हुने एसी मिलानविरुद्धको इटालियन सिरी ए को खेलमा भने समावेश नगरिएको जानकारी दिए ।

अल्लेगरीले च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनल आउन ५ दिन अघि रोनाल्डोको इन्जुरीमा धेरै सुधार देखिएको भन्दै रोनाल्डोले आफ्नो इन्जुरीलाई ठिक गराउन सबथोक गरिरहेको जानकारी गराए ।   

युभेन्टसका लागि सिरी ए का पछिल्ला दुई खेल गुमाएका रोनाल्डोले शनिबार हुने एसी मिलानसँगको खेल पनि गुमाउदै छन् ।

रोनाल्डो केहि साता पोर्चुगलका लागि सर्बियाविरुद्ध घाइते भएपछि खेलको ३१औ मिनेटमा मैदान छोडेका रोनाल्डोले थाईमा समस्या भएपछि युभेन्टसको समस्या बढेको हो ।

सिरी ए मा यस सिजनमा खेलेका ३० खेलमा केवल एक खेलमा हार बेहोरेको युभेन्टसको ३० खेलमा ८१ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको नापोलीभन्दा १८ अंकले अगाडी रहेको छ ।

युभेन्टसका अहिले चार प्रमुख खेलाडी घाइते रहेका छन् । रोनाल्डोसहित जुआन कुवाड्राडो, पाउलो डिबाला र मारिओ मान्डजुकिक घाइते रहेका छन् ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नका लागि युभेन्टसलाई रोनाल्डोको मैदानमा उपस्थिति अनिवार्य देखिएको अवस्थामा रोनाल्डोको इन्जुरीमा आएको सुधारले युभेन्टस र रोनाल्डोका फ्यानहरुमा भने खुशी छाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै