• २०८१ बैशाख १६ आइतबार

रेडक्रसको प्रदेश संरचनामा नेतृत्व चयन : ४ प्रदेशमा निर्विरोध निर्वाचन

kharibot

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको ४ वटा प्रदेश समितिहरुको निर्वाचन सम्पन्न भएका छन् । २ नंवर, गण्डकी, ५ नंवर र ६ नंवर प्रदेशका पहिलो पटक निर्वाचनबाट प्रदेश समितिहरु यसै हप्ता गठन भएका र ती प्रदेश समितिहरुमा पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका हुन् । 

नेपाल रेडक्रसको गण्डकी प्रदेशको सभा र प्रदेश कार्यसमितिको पहिलो निर्वाचन हिजो कास्कीको पोखरामा सम्पन्न भएको  छ । नवनिर्वाचित समितिमा कास्कीका सूर्य प्रसाद ढकाल अध्यक्ष र  महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, कोषाध्यक्षमा लमजुँगका नारायण प्रसाद घिमिरे, उपमहासचिवमा स्याङजाका सुनिलकुमार अर्याल, उपकोषाध्यक्षमा हिराबहादुर थापा, महिला सदस्यहरुमा मुस्ताङकी पुष्पा शेरचन र  फुलमाया गुरुङ निर्वाचित भए ।  खुल्ला सदस्य तर्फ हिमाल प्रसाद शर्मा, धनेश्वर रेग्मी, वर्दघाट पूर्व नवलपरासीका केशव प्रसाद सापकोटा र स्याङजाका यज्ञप्रसाद पौडेल निर्वाचित भएका छन् । 

त्यस्तै चैत्र २१ र २२ मा महोत्तरीमा सम्पन्न २ नंबर प्रदेशको सभाले पर्साका फूल महमद मिँयाको अध्यक्षतामा प्रदेश कार्यसमितिको निर्वाचन गरेको छ । महिला उपाध्यक्षमा महोत्तरीकी सरिता सिंह,  महासचिवमा सिरहाका चन्द्रेश्वर मण्डल र कोषाध्यक्षमा बाराका दिव्यनाथ श्रेष्ठ निर्वाचित भए ।

त्यस्तै, सर्लाहीका सुगन्ध प्रसाद गुप्ता, पर्साका सलाउदीन अहमद क्रमश उपमहासचिव र उपकोषाध्यक्ष चयन भएका छन् । महिला सदस्य तर्फ रौतहटकी भुवानी गिरी श्रेष्ठ र बाराकी रुपा अधिकारी चौधरी निर्वाचित भए भने खुल्ला सदस्यतर्फ सप्तरीका रामनारायण चौकरी र भवेन्द्र प्रसाद यादव, रौतहटका राज किशोर प्रसाद यादव र शशिभुषण प्रसाद सिंह (सर्लाही) निर्वाचित भए । 

चैत्र २० गते ५ नंवर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सुभारभ्भ गरेको लुम्बिनीमा सप्पन्न ५ नं प्रदेशको प्रथम प्रदेश अधिबेशनले अर्घाखाँचीका सभापति शम्भु पोख्रेल अध्यक्ष रहेको १२ सदस्यीय प्रदेश समिती सर्वसम्मत रुपमा चयन गरेको छ। 

समितिको उपाध्यक्षमा बर्दियाका किरण श्रेष्ठ जोशी, महासचिवमा रुपन्देहीका कृष्ण पगेनी, कोषाध्यक्षमा बाँकेका राज कुमार बर्मा, उपमहासचिवमा दाङका ईश्वर पोख्रेल, उपकोषाध्यक्षमा रुकुमपुर्वका दामोदर पौडेल र सदस्यहरुमा कपिलवस्तुका केशव सिह, पाल्पाका कृष्ण अधिकारी, गुल्मीका राधा पन्थी, नवलपरासीका हैदर अलि, रोल्पाका मान बहादुर घर्ती मगर र प्युठानका मिना गिरी रहेका छन् ।  

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको प्रथम अधिवेशन र प्रदेश कार्यसमितिको निर्वाचन चैत्र १९ र २० मा बीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको र प्रदेश समितिको अध्यक्षमा दैलेखका भेषबहादुर थापा  र महासचिवमा सुर्खेतका कृष्णबहादुर थापा  सहित समितिमा  १२ जना पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा पदाधिकारीमा उपाध्यक्षमा हुम्लाका विजय बुढा, कोषाध्यक्षमा रुकुमका नरबहादुर नेपाली, उपमहासचिवमा जाजरकोटका बीर बहादुर बस्नेत र उपकोषाध्यक्षमा जुम्लाका नन्दलाल रावत हुनुहुन्छ । निर्वाचित सदस्यहरुमा  खम्बजंग शाह (जाजरकोट), राम बहादुर बुढा (मुगु), कृष्णकला पाण्डे (कालिकोट), कटक बहादुर शाही (कालिकोट), सुमन बस्नेत (जुम्ला) र गणेश विसी (सल्यान) रहेका छन् । 

गत फागुन १८ र १९ गते ललितपुरमा सम्पन्न नेपाल रेडक्रसको विशेष महाधिवेशनले तय गरे अनुरुप यही चैत्र मसान्तसम्म बाँकी ३ वटा प्रदेशमा नेपाल रेडक्रसका प्रदेश समितिको सभा र निर्वाचन हुनेछन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै