• २०८१ बैशाख २७ बिहीबार

डिएगो कोष्टालाई ८ खेलको प्रतिबन्ध, यस सिजनका लागि बाहिरिए 

kharibot

काठमाडौँ । एथलेटिको म्याड्रिडका स्पेनिस स्ट्राइकर डिएगो कोष्टालाई ८ खेलको प्रतिबन्ध लागेको छ ।

स्पेनिस फुटबल फेडेरेसनले कोष्टालाई खेल अफिसियललाई अपशब्द बोलेको आरोपमा चार खेलमा प्रतिबन्ध लागाएको छ भने खेल अफिसियललाई धम्काएको आरोपमा थप चार खेल गरि कुल ८ खेलमा प्रतिबन्ध लगाएको छ ।

त्यस्तै फेडेरेसनले एथलेटिको म्याड्रिडलाई ३ हजार एक सय डलर जरिवाना गरेको छ भने कोष्टालाई ६ हजार ८ सय डलर जरिवाना गरेको जनाएको छ ।   

कोष्टाले गत शनिबार राति सम्पन्न बार्सिलोनाविरुद्धको खेलमा खेलका रेफ्रीलाई अपशब्द बोलेपछि सिधै रातो कार्ड खाएर मैदान छोडेका थिए ।

कोष्टाले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउदै रेफ्रीको आमा पुकारेर गालि गरेपछी रेफ्रीले रातो कार्ड दिएका थिए । खेलको २८औ मिनेटमा रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउदै कोष्टाले रेफ्रीलाई गाली गरेका थिए । रेफ्रीले सिधै रातो कार्ड दिएपछि १० खेलाडीमा सिमित एथलेटिको बार्सिलोनासँग खेलको अन्त्यतिर दुई गोल खादै २-० ले पराजित भएको थियो ।

कोष्टालाई ८ खेलमा प्रतिबन्ध लागेपछि अब उनी यस सिजनका लागि मैदानबाट बाहिर भएका छन् । किनकी ला लिगामा एथलेटिकोले अब केबल ७ खेल खेल्न बाँकी रहेको छ ।

कोष्टाको ब्यबहारबाट एथलेटिकोका म्यानेजर डिएगो साइमोनीसमेत असन्तुष्टि जनाएका थिए । उनले आफुहरुले पछिल्लो ११ खेलमा ७ रातो कार्ड खाएको भन्दै आफुहरुले कहिँ न कहीं गल्ति गरिरहेको बताएका थिए । उनले कोष्टाले रेफ्रीलाई आमा पुकारेर गालि गरेको भए रातो कार्ड दिने निर्णय सहि भएको बताएका थिए ।

कोष्टाको व्यबहारबाट क्लबले उनलाई अब अर्को सिजन क्लबमा राख्ने नराख्ने बारे पनि छिटै निर्णय लिने अन्तर्राष्ट्रिय समाचार माध्यमले बताएका छन् ।

यस सिजनमा एथलेटिकोबाट २१ खेल खेल्दै ५ गोल गरेका कोष्टाले ल लिगामा भने केवल २ गोल मात्र गरेका छन् ।

च्याम्पियन्स लिगबाट बाहिरिइसकेको एथलेटिको म्याड्रिड ला लिगामा ३१ खेलमा ६२ अंकसहित दोस्रो स्थानमा छ भने शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ११ अंकले पछाडी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै