• २०८१ बैशाख १८ मंगलबार

अन्तिम खेल जितेपनि नेपाल यू-१९ विश्वकपमा छनौट हुन असफल 

kharibot

काठमाडौँ । यू-१९ विश्वकप क्रिकेटको एशिया स्तरको छनौट अन्तर्गत अन्तिम खेलमा कुवेतलाई ८ विकेटले पराजित गरेपनि नेपाल विश्वकपमा छनौट हुन् असफल भएको छ ।

नेपालले पाएको १५८ रनको लक्ष्य २८ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा रीत गौतमले ६२ रन बनाए भने पवन सराफले ५३, आसिफ सेखले ३३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले ४९.४ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो ।

कुवेतका लागि नोमन बुदरूले सर्वाधिक ७० रन बनाएका थिए । त्यस्तै गोकुल कुमारले ३६, हमाउद अमनुल्लाहले १७ मीट भावसरले १० रन बनाए ।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलर कप्तान रोहित पौडेलले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै राशिद खान, सुर्य तामाङ, कुशल मल्लले २-२ विकेट लिएका थिए ।

नेपाल यू-१९ विश्वकपमा छनौट हुन भने असफल भएको छ । युएईले ओमानलाई १० विकेटले पराजित गर्दै अर्को बर्ष दक्षिण अफ्रीकामा हुने यू-१९ विश्वकपमा छनौट भएको छ । एशिया स्तरको छनौटबाट एक देशले भाग लिन पाउने हुनाले युएई विजयी हुदै विश्वकपमा छनौट भएको हो ।

युएई प्रतियोगितामा ५ वटै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा रहदै विश्वकपका लागि छनौट भएको छ । नेपालले ५ खेलमा ४ खेलमा जित हासिल गरेको छ भने युएईसँग वर्षाबाट प्रभावित खेलमा डक वर्थ लुइस मेथड अनुसार एक रनले पराजित भएको थियो । सो हार नै नेपाल छनौट नहुने मुख्य कारण बन्न गयो ।

प्रतियोगितामा कुवेतले ३ खेलमा जित हासिल गर्यो भने ओमान र सिंगापुरले एक एक खेलमा जित हासिल गरे । त्यस्तै आयोजक मलेसिया भने सबै खेलमा हार बेहोरेको छ ।  
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै