• २०८१ बैशाख १९ बुधबार

अमेरिकाको बहुप्रतिक्षित म्युलर प्रतिवेदन सार्वजनिक, रुससँग साँठगाँठ भेटिएन

kharibot

प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी महान्यायाधीवक्ता विलियम बार ।

वासिङ्टन ।  सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी राष्ट्रपति डोनाल्ड ट्रम्प वा कुनै अमेरिकीले रुससँग षडयन्त्र गरेको वा मिलेमतो गरेको कुनै प्रमाण फेला नपारेको अमेरिकी महान्यायाधीवक्ता विलियम बारले बताएका छन् । 

रुसी साँठगाँठ भएको भन्नेबारे अनुसन्धान गर्न २२ महिनाअघि गठित विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले तयार पारेको प्रतिवेदनको पूर्ण अंश सार्वजनिक गर्दै महान्यायाधीवक्ता बारले भने, “म्युलरले ट्रम्पको चुनावी अभियानमा जोडिएका कसैसँग मिलेर अमेरिकी कानुन तोड्ने कुनै षडयन्त्र भएको प्रमाण फेला पारेनन् ।”

चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट प्रत्याशी हिलारी क्लिन्टन र पार्टीका इमेलहरु ह्याक गरी चुनावलाई नराम्रोसँग प्रभावित तुल्याउन रातारात विकिलिक्स वेबसाइट मार्फत सार्वजनिक गरिएको र त्यसमा राष्ट्रपति ट्रम्प र उनको चुनावी अभियानका सदस्यहरु संलग्न रहेको आरोप लागेको थियो ।

तर ४४८ पृष्ठको केही संशोधित म्युलर प्रतिवेदनले ट्रम्प अभियानका कसैको पनि गैरकानुनी भूमिका भएको प्रमाण फेला नपारेको महान्यायाधीवक्ता बारले बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावमा आफ्नो संलग्नता नरहेको प्रष्ट भएको र आफू निर्दोष रहेको बताएका थिए ।

प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले विशेष अनुसन्धानकर्ता म्युलरलाई पदबाट बर्खास्त गर्न पटकपटक ह्वाइट हाउसका अधिकारीहरुलाई निर्देश गरेको उल्लेख गरिएको छ । म्युलरले न्यायमा अबरोध गरे नगरेको बारेमा पनि अध्ययन गरेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै