• २०८१ बैशाख १९ बुधबार

आठौँ राष्ट्रिय खेलकूद : त्रिभुवन आर्मीको अग्रता कायमै

kharibot

नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म सम्पन्न खेलमा आर्मी क्लबले कूल ८५ पदक प्राप्त गरेको छ । 

आर्मी क्लबले हालसम्म ३४ स्वर्ण, २७ रजत र २४ कास्य पदक जितेको छ । नेपाल पुलिस क्लब १९ स्वर्ण, १७ रजत र १७ कास्यसहित कूल ५३ पदक प्राप्त गरी दोस्रो स्थानमा छ ।

सशस्त्र प्रहरीको एपिएफ क्लब १५ स्वर्ण, १२ रजत र २३ कास्य गरी कूल ५० पदकका साथमा तेस्रो स्थानमा छ ।  

यस्तै प्रदेश ३ ले सात स्वर्ण, १३ रजत र ३२ कास्यसहित ५२, सुदूरपश्चिम प्रदेशले ६ स्वर्ण, ६ रजत र ११ कास्यसहित २२, प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ५ कास्यसहित १७ पदक प्राप्त गरेको प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए ।

यस्तै प्रदेश ५ ले चार स्वर्ण, आठ रजत र २१ कास्यसहित ३३ पदक, प्रदेश १ ले तीन स्वर्ण, पाँच रजत र २५ कास्यसहित ३३ पदक तथा कर्णाली प्रदेशले दुई स्वर्ण, एक रजत र दुई कास्यसहित पाँच पदक प्राप्त गरेको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआएन)ले एक स्वर्ण र तीन कास्य पदक जितेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै