• २०८१ बैशाख १७ सोमबार

ह्याक भएका २ करोड अकाउन्टको पासवर्ड १२३४५६

kharibot

बेलायत । एक अध्ययनअनुसार विश्वभर लाखौं मानिस संवेदनशील खाताको लागि सजिलैसँग सम्झिन सकिने पासवर्ड राख्ने गर्छन् । 

बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले ह्याक भएका अधिकांश खाताको पासवर्ड १२३४५६ रहेको बताएको छ । 

एनसीएससीले गरेको अध्ययनले मानिसमा साइबरसम्बन्धी ज्ञानको कमीका कारण उनीहरुले ठूलो जोखिम मोलिरहेको देखाएको छ । 

पासवर्डलाई स्ट्रङ बनाउन सजिलै सम्झिन सकिने तीन अलगअलग अक्षरलाई एकैसाथ प्रयोग गर्नु उचित हुने सेन्टरले उल्लेख गरेको छ । 

आफ्नो पहिलो साइबर सर्भेमा एनसीएससीले ह्याक गरिएका खाताको पासवर्डको विश्लेषण गरेको थियो । मुख्यतया पासवर्डको लागि कुन शब्द, वाक्यांश अथवा अंकको प्रयोग गरिएको थियो भनी अनुसन्धान गरिएको थियो । 

अध्ययनबाट १२३४५६ पासवर्ड सबैभन्दा धेरै अर्थात् २ करोड ३० लाखभन्दा धेरैले प्रयोग गरेको देखिएको छ । 

त्यस्तै, दोस्रोमा १२३४५६७८९ लाई पासवर्ड राखिएको थियो । त्यस्तै, शीर्ष पाँचमा क्वेर्टी (qwerty), १११११११ पनि छन् । 

पासवर्डका लागि एस्ले, माइकल, ड्यानियल, जेसिका, चार्लीजस्ता नाम धेरै प्रयोग भएका थिए । 

प्रिमियर लिग फुटबल टिमको नाममा पासवर्ड राख्ने क्रममा लिभरपुलको नाम सबैभन्दा अगाडि थियो भने दोस्रोमा चेल्सीको नाम थियो । संगीत सम्बन्धी पासवर्डमा ब्लिंक–१८२ सबैभन्दा अगाडि छ । 

एनसीएससीका प्राविधिक निर्देशक डा. इयान लेभीका अनुसार जसले सजिलो पासवर्ड राख्छन्, तिनले ह्याकिङको लागि आफूलाई सबैभन्दा सजिलो शिकार बनाइरहेका हुन्छन् । 

आफ्नो डाटा सुरक्षित राख्न कसैले पनि सजिलो पासवर्ड राख्नुहुँदैन । जस्तै, आफ्नो नामको पहिलो शब्द, आफ्नो मन पर्ने फुटबल टीम अथवा संगीत ब्यान्ड आदि । 

एनसीएससीले मानिसहरु आफ्नो डाटाको सुरक्षाप्रति कति सजग छन् भनेर पनि अध्ययन गरेको थियो । अध्ययनमा ४२ प्रतिशत मानिसमा मात्रै आफ्नो अकाउन्टबाट पैसा चोरी हुने डर देखिएको थियो । 

१५ प्रतिशत मानिस आफ्नो अकाउन्ट सुरक्षित रहेकोमा विश्वस्त थिए । त्यस्तै, आधा मानिसले आफ्नो मुख्य इमेल खाताको लागि अनुमान गर्न गाह्रो हुने पासवर्ड चयन गरेका थिए । 

अनलाइन सेक्युरिटीको सबैभन्दा राम्रो उपाय भनेकै बलियो पासवर्ड रहेको ह्याक गरिने खाताको डाटाबेसको रेखदेख गर्ने सेक्युरिटी एक्सपर्ट ट्राई हन्टले बताएको छ । 

बीबीसीबाट भावानुवाद 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै