• २०८१ बैशाख १८ मंगलबार

श्रीलंकामा देशव्यापी निशेधाज्ञा जारी

kharibot

कोलम्बो । श्रीलंकामा आइतबार भएका श्रीङ्खलावद्ध आक्रमणका कारण २०७ जनाको निधन भएपछि यहाँको सरकारले देशभरका आइतबार साँझदेखि लागु हुनेगरी १२ घण्टाका लागि निशेधाज्ञा जारी गरेको छ । 

विस्फोटका कारण देशभर आतङ्क फैलिएपछि श्रीलङ्काको मन्त्री परिषद् बैठक बसेको र अवाञ्छित थप घटना हुने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय समयअनुसार आइतबार साँझ छ बजेदेखि सोमबार बिहान छ बजेसम्म निशेधाज्ञा (कर्फ्यु) आदेश जारी गरिएको सरकारले जनाएको छ । 

आइतबार भएका आक्रमणमा करिब ३० जना विदेशी नागरिकसहित २०७ जनाको मृत्यु भएको र ४५० व्यक्ति घाइते भएका प्रहरी प्रवक्ता रूवान गुनशेकराले पुष्टि गरे । उनले दिनभर देशका विभिन्न आठ स्थानमा शक्तिशाली विस्फोट भएका बताए ।

प्रहरीका अनुसार छ वटा विष्फोटका घटना आइतबार विहानै भएका थिए भने दुईवटा विष्फोट दिउसोको समयमा भएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै