• २०८१ बैशाख १४ शुक्रबार

बहुप्रतिक्षित यामाहा एफजीएस एफआई भी ३.० सार्वजनिक

kharibot

काठमाडौं । नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरुलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै हालसम्मकै ठूलो एक्सचेन्ज मेला सुरु गरेको छ ।

मेला काठमाडौंको भृकुटीमण्डपमा यहि ९ गते देखि  १४ बैशाखसम्म ६ दिनका लागि संचालन हुनेछ । यस कार्यक्रमको उद्घाटन मिस नेपाल २०१८ श्रृंखला खतिवडा, इन्डिया यामाहा मोटर्सका भाइस प्रिसिडेन्ट सेल्स, मिस्टर ताकासि यामडा र यामाहा मोटर्स इन्डियाका चिफ मेनेजर हिमांशु शर्माले संयुक्त रुपमा गरेका थिए । 

यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकलको प्रचलित बजार मूल्यांकनभन्दा थप २५ हजार रुपैयाँ मूल्यांकन पाउनुहुनेछ । साथै, ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट, फ्रि एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउनुहुनेछ । महाएक्सचेन्ज मेलामा सेलिब्रिटी वाक इन, फ्रि लाइसेन्स ट्रायल, टेस्ट राइड, राइड कम्पिटिसन, डोर प्राइज र फुडस्टल पनि हुनेछन् । 

मेलामा एक्सचेन्जका अलावा जुनसुकै ब्रान्डका मोटरसाइकलको फ्रि वाश र फ्रि चेकअप पनि हुनेछ । महाएक्सचेन्ज मेला यामाहाको हालसम्मकै ठूलो मेला हुने अपेक्षा एमएडब्लुले लिएको छ । 

यामाहा एफजीएस एफआई भी३.० सार्वजनिक

महाएक्सचेन्ज मेलामा एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एफजीएस एफआई भी३.० पनि सार्वजनिक गरेको छ । द हिमालायन रोडिज्का जज दिया मास्के र रेमनदास श्रेष्ठले नयाँ एफजीएस एफआई भी३.० अनावरण गर्नु भएको हो । 

एफजीको विरासत र ‘सिग्नेचर स्टाइलिङ’लाई निरन्तरता दिँदै बजारमा ल्याइएको यामाहा एफजीएस–एफआई भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । 

अहिले रोमाञ्चक राइडका लागि अपरिहार्य बनेको सेफ्टी फिचर ‘एबीएस’जडित शक्तिशाली यामाहा एफजीएस–एफआई भी ३.० लाई गर्वका साथ ‘दी लर्ड अफ दी स्ट्रिट’ भन्न सकिन्छ । एबीएस र फ्युल इन्जेक्टेड ब्लुकोर इन्जिनले एफजीएस–एफआई भी ३.० लाई आर्थिक र वातावरणीय रुपमा १५० सीसीको सर्वोत्कृष्ट मोटरसाइकल बनाएको छ । यो नयाँ मोटरसाइकलको सार्वजनिकीकरणले यामाहा आफ्ना ग्राहकको सुरक्षा तथा सबैखाले मौसम र सडक अवस्थामा पनि अद्वितीय ‘राइडिङ एक्सपिरियन्स’ दिलाउन प्रतिबद्ध छ भन्ने तथ्यलाई प्रमाणित गरेको छ । यामाहा एफजीएस–एफआई भी ३.० को प्रारम्भिक मूल्य तीन लाख नौ हजार नौ सय रुपैयाँ रहेको छ । 

नयाँ एफजीएस–एफआई भी ३.० मा १४९ सीसीको ‘सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसमा अघिल्लो पुस्तामा झैं ५–स्पिड गियरबक्स रहेको छ भने अगाडि ४१ एमएमको ‘टेलिस्कोपिक फर्क’ र पछाडि ‘मोनो शक’ प्रयोग गरिएको छ । यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ । 

राइडरको सुरक्षालाई मध्यनजरमा राखेर यामाहाले एफजीएसको तेस्रो पुस्तामा सिंगल च्यानल ‘एबीएस’ जडान गरेको छ जसले ब्रेकिङ कन्ट्रोललाई जबरजस्त बनाइदिएको छ । नयाँ मोटरसाइकलको फ्युल ट्यांक क्षमता १२.८ लिटर रहेको छ भने यो ‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे सायन’ गरी तीन वटा ‘एक्साइटिङ कलर’मा उपलब्ध छ । 

नयाँ एफजी भी ३.० मा नयाँ ‘फुल–एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’ भएको नयाँ ‘मस्कुलर फ्युल ट्यांक’ रहेको छ । ‘मस्कुलिन थिम’मा डिजाइन गरिएको नयाँ एफजी भी ३.० मा नयाँ ‘स्पेट–अप स्टाइल’को सिंगल सिट, नयाँ एलोई ह्विल र फेन्डरहरु समेत ‘रिडिजाइन’ गरिएको छ । त्यस्तै, टर्न इन्डिकेटर थोरै माथि सारिएको छ भने एक्जस्ट कभरको डिजाइन पनि आकर्षक बनाइएको छ । यसमा पनि डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको छ तर अघिल्लो पुस्तामा भन्दा धेरै ‘इन्फर्मेसन’ यसले दिन्छ । त्यसैगरी, नयाँ मोटरसाइकलमा ‘कि (साँचो) पोजिसन’ ट्यांकमा सारिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै