• २०८१ बैशाख २१ शुक्रबार

यामाहा आर १५ एम मोटरसाइकल नेपाली बजारमा, ग्राहकलाई मोटोजिपीको अफर

kharibot

काठमाडौँ l यामाहाको सुविधा सम्पन्न बाइक आरवान फाइभ एम(R15 M) आजबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित “महा एक्सचेञ्ज मेला” को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो ।
 
पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको सो बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरू मध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ ।
 
एम र आर-सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याती कमाएका बाइकको पाँचौँ जेनेरेशन भनिएको यस आरवान फाइभ एम(R15 M) मूलतः ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक हो । नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ-कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू-लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।
 
यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आरवान फाइभ एम(R15 M )१५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो-स्ट्रेश’ कायम गर्न मद्दत पुर्याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड-स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ । त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भिभिए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनीय पावर र टोर्क प्रदान गर्दछ ।
 
आरवान फाइभ एम(R15 M ) १५५ को विशेषताहरूबारे  जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रीट मोड’मा स्वीच गर्न सक्ने सुबिधा रहेको छ ।
 
कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्याउनका निम्ति एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबिएसका साथ बजारमा ल्याइएको यस अल-नेयू R15 M, १५५ सिसि एलसिभी एसओएच्सी फ्युल-इन्जेक्टेड (FI) ईन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो । 

ट्रयाक्शन कन्ट्रोल र क्विक सिफ्टर जसले क्रमशः  चिप्लो बाटोमा ह्वीलस्पिनको कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउँछ र क्लच/ थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधिले आरवान फाइभ एम (R15 M) लाई अझ विशेष बनाएको कम्पनीको ठम्याई रहेको छ । यसले १०,००० आरपिएममा १८.४ एच्पी अधिक्तम पावर र ७५०० आरपिएममा १४.२ एनएम टर्क जेनेरेट गर्दछ ।
 
यसैगरी, ‘कनेक्ट एक्स’भन्दा उन्नत प्रविधिको ‘वाइ कनेक्ट’ समावेश गरिएको एलसिडी इन्स्ट्रुमेण्ट क्लस्टरले R15 M लाई स्मार्ट मात्र नभइ बहुआयमिक पनि बनाएको यामाहा नेपालको सिईओ राजु क्षेत्रीले बताएका छन् ।
 
एन्ड्रोइड र एप्पल प्रयोग  गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लूटुथ मार्फत जोडेपछि गियर सिफ्ट इन्डिकेटर फ्यूल कन्जम्पशन इन्डिकेटर,सिफ्ट-टाइमिङ्ग लाईट ,भिभिए इन्डिकेटर ,ट्रयाक्शन कन्ट्रोल इन्डिकेटर, मोबाइलफोनको ब्याट्री लेभल, मेन्टेनेन्स रिकमेण्डेशन ,पार्किङ लोकेशन, मालफङ्शन नोटिफिकेशन ,रेभ ड्याशबोर्ड र स्मार्टफोनमा रेङ्किङ फङ्शनहरू एलसिडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र ईमेल अलर्टजस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।
 
आइतबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको आरवान फाइभ एम(R15 M) को मूल्य नेपाली बजारमा ५ लाख ७९ हजार ९ सय रहेको कम्पनीले जनाएको छ ।

साथै यमाहाले आगामी अगस्त २५ गतेसम्म बाइक तथा स्कुटी खरिद गर्ने ग्राहकलाई  ग्रैंड प्रिक्स मोटरसाइकल रेसिङ 'मोटोजीपी' मा सहभागी गराउने भएको छ। आगामी अक्टोबरमा थाइल्यान्डमा हुन लागेको मोटोजीपी गेमका लागि यमाहाले ग्राहकलाई अफर गरेको हो। लक्की ड्र मार्फत ४ जना उक्त खेलमा सहभागि हुन पाउने यमाहाका सिईओ राजु क्षेत्रीले बताए। उक्त अफरको लागि अगस्ट २५ सम्म बाईक खरिद गरेको हुनुपर्ने छ। यो स्किम यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

राजु क्षेत्रीका अनुसार मोटोजीपीको लागि नेपालको सहभागिता पहिलो पटक हुने बताएका छन्। 'नेपालबाट मोटोजीपीमा सहभागिता सम्भवत पहिलो पटक हुनेछ,' उनले भने, 'केही समय अगाडी जापानबाट कम्पनीकै सञ्चालक आएको समयमा हामीले यसको माग गरेका थियौँ।  ५ वटा पास पाएका छौँ,  एक जना कम्पनीबाट  जानुहुने छ भने ४ जना ग्राहक छनोट गर्नेछौँ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै