• २०८१ बैशाख २१ शुक्रबार

यामाहाले ‘ब्लू स्क्वायर’ थिममा नक्सालमा खोल्यो नेपालको सर्वाधिक ठूलो शोरुम

kharibot

काठमाडौँ । नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता मोरङ अटो वर्क्स इन्टरप्राइजेजले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । टु ह्विलर उद्योगकै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम काठमाडौँको नक्सालमा उद्घाटन गरेसँगै संचालनमा ल्याइएको छ ।

यामाहाको विश्व व्यापी नयाँ अवधारणा ‘ब्लू स्क्वायर’ लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । यामाहाको ‘ग्लोबल मोटर स्पोर्ट्स लिगेसी’ लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ‘ब्लू स्क्वायर’ शोरुमलाई लिईएको छ ।

ब्लू स्क्वायर शोरुममा प्रयोग गरिएको ‘ब्लू’ कलरले यामाहा ब्राण्डको ‘रेसिङ डिएनए’ लाई झल्काउने र ‘स्क्वायर’ ले वान स्टप बाइङ जक्सन’ जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, एसेसरिज र एपेरल्सएकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस शोरुममा ‘बेटर कस्टमर एक्स्पेरियन्स’ अनुभव गर्नुको साथै छिटो र ‘पर्स्नालाइज्ड वन टू वान सर्भिस’ प्रदान गरिने जानकारी गराईएको छ ।

यामाहाको ग्राहकले अझ नजिकबाट  यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै ‘डिजिटल टेक्नोलोजी’ मार्फत ‘क्यू आर’स्क्यान गरेर ब्राउसरहरु प्राप्त गर्न क्नेछन् ।

यामाहा नेपालका लागि सिइओ राजु छेत्रीले भन्छन्- 'नेपालीहरुको महान चाड वडा दशैँको अवसरमा नेपालकै सर्वाधिक ठूलो र सुविधा सम्पन्न यामाहा शोरुम खोल्न पाउँदा हामी धेरै हर्षित छौँ । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर, एसेसेरिज र अपेरल्स उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ ।'

स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्लू स्क्वायर’ को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनिको ठहर छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै