• २०८१ बैशाख २१ शुक्रबार

यामाहा नेपालको सर्वाधिक ठूलो 'ब्लू स्क्वायर शोरुम' भक्तपुरको कौशलटारमा

kharibot

काठमाडौँ । नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ ।

प्रमुख अतिथि एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल, हिमालयन रोडिज सिजन-५ का होस्ट सुरजसिंह ठकुरी र अभिनेत्री प्रियंका कार्कीले हालै भक्तपुरको कौशलटारमा ब्लू स्क्वायर शोरुमको सोमबार उद्घाटन गरेका छन् । उक्त शोरुम टू ह्विलर उद्योग कै ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।

यामाहाको विश्व व्यापी नयाँ अवधारणा 'ब्लू स्क्वायर' लाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याईएको एमए डब्लुले जानकारी दिएको छ । यामाहाको 'ग्लोबल मोटर स्पोर्ट्स लिगेसी' लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा 'ब्लू स्क्वायर' शोरुमलाई लिईएको छ । 

ब्लू स्क्वायर शोरुममा प्रयोग गरिएको 'ब्लू' कलरले यामाहा ब्राण्डको 'रेसिङ डिएनए' लाई झल्काउने र 'स्क्वायर' ले 'वान स्टप बाइङ जक्सन' जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, एसेसेरिज र एपेरल्स एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस शोरुममा 'बेटर कस्टमर एक्सपेरियन्स' अनुभव गर्नुको साथै छिटो र 'पर्सनाइल वान टू वान सर्भिस' प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट  यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै 'डिजिटल टेक्नोलोजी' मार्फत 'क्यूआर कोड' स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्न सकिने छ ।

स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा 'ब्लू स्क्वायर' को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनिको ठहर छ । साथै भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको छ ।

'हामी कौशलटार , भक्तपुरमा हाम्रो यामाहा ब्लू स्क्वायर शोरुम खोल्न गर्न पाउँदा अत्यन्तै हर्षित छौँ । यो पनि सबैभन्दा ठूलो र सबै भन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर एसेसरिज र एपेरल्स उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ ।'  यामाहा नेपालका सिइओ राजु क्षेत्रीले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै