नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फुटबलको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।
नेपालगञ्ज रङ्गशालामा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी विजेता बन्न सफल भएको हो ।
आर्मीको जितमा खेलको ४३औं मिनेटमा विकास तामाङले गोल गरेका थिए ।
यसैगरी प्रतियोगितामा प्रदेश नम्बर ५ लाई ७–१ गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब तेश्रो भएको छ ।
विजयी खेलाडीहरुलाई कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशवकुमार विष्ट लगायतले पदक तथा ट्रफी प्रदान गरेका थिए ।