• २०८१ बैशाख १४ शुक्रबार

आठौँ राष्ट्रिय खेलकुद सम्पन्न, पदक तालिकामा आर्मीको बर्चस्व 

kharibot

नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी पहिलो भएको छ ।  

नेपालगञ्जमा भएको प्रतियोगितामा विभागीय आर्मीले एक सय ४० स्वर्ण, १ रजत र ६८ काश्यसहित दुई सय ८९ पदक जितेर प्रथम स्थान हासिल गरेको छ ।

त्यस्तै प्रतियोगितामा नेपाल पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ काश्यसहित कुल एक सय ५७ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । 

त्यसै गरि एपीएफले ५३ स्वर्ण, ६९ रजत र ८१ काश्य पदकसहित २०३ पदक जितेर तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

यस्तै पदक तालिकाको चौथो स्थानमा भने प्रदेश ३ रहेको छ । प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० काश्य पदकसहित कुल १२२ पटक हासिल गरेको छ ।

त्यसै गरि पाँचौ स्थानमा रहेको गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४४ काश्यसहित कुल ७७ पदक जितेको छ । 

त्यस्तै सुदूरपश्चिम प्रदशले ८ स्वर्ण, १२ रजत र ३४ काश्यसहित ५४ पदक, प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ काश्यसहित कुल ८८ पदक जित्यो । प्रदेश दुईले ६ स्वर्ण ७ रजत र २० काश्य पदक जित्यो भने एनआरएनले ६ स्वर्ण, २ रजत र ७ काश्य पदक जितेको छ ।
त्यस्तै कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत  र १७ काश्य पदक जितेको छ ।  

विजेता टिम तथा खेलाडीलाई कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनलगायतले बुधबार साँझ नेपालगञ्ज रंगशालामा ट्रफी प्रदान गर्दै प्रतियोगिताको समापन गरेका छन् । 

करिब ५ हजार खेलाडीले कुल ३५ खेलमा भाग लिएको यस प्रतियोगिता वैशाख ५ गते उद्घाटन भएको प्रतियोगिताका खेलहरु चैत २७ देखि सुरु भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै