• २०८१ बैशाख ११ मंगलबार

आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले जितिन् १२ स्वर्ण 

kharibot

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौंडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जित्न सफल भएकी छन् ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले  प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानसहित थप दुई स्वर्ण जित्दैं पदक सङ्ख्या १२ पुर्‍याएकी छिन् ।

गौरिकाले बुधबार  ५० मिटर फ्रिस्टाइलमा  ००.२७.५९ मा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जिटेकी छन् भने  १०० मिटर ब्याकस्ट्रोकमा  ०१.०७.२२ मा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । 

यसअघि ५औं राष्ट्रिय खेलकुदमा पौडी खेलाडी करिश्मा कार्कीले १२ स्वर्ण पदक जितेकी थिइन् ।

प्रतियोगितामा नेपाली सेना पहिलो भएको छ । कुल ३४ स्वर्ण पदकमध्ये आर्मीले २० स्वर्ण १३ रजत र ५ कास्य पदकसहित प्रतियोगिताको उपाधि जितेको हो ।

यसैगरी नेपाल प्रहरीले ५ स्वर्ण, १३ रजत र ५ स्वर्ण जित्दै दोश्रो भएको छ । त्यसैगरी एनआरएनएले ५ स्वर्ण १ रजत र १ कास्य पदक जित्दै तेश्रो भएको छ भने एपीएफले ४ स्वर्ण जितेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै