• २०८१ बैशाख १७ सोमबार

सार्कका अर्थमन्त्रीहरूको अनौपचारिक बैठक फिजीमा सम्पन्न 

kharibot

काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका अर्थमन्त्रीहरूको १३ औँ अनौपचारिक बैठक आज फिजीको नादीमा सम्पन्न भएको छ ।

एशियाली विकास बैङ्क (एडिबी)को ५२ औँ वार्षिक बैठकको सिलसिलामा त्यहाँ एकत्रित हुनुभएका सार्कका अर्थमन्त्रीहरूले दक्षिण एशियालाई गरीबीबाट मुक्त पार्न सार्क क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए । 

बैठकका अध्यक्ष अर्थमन्त्री युवराज खतिवडाले दक्षिण एशियाको आर्थिक विकासमार्फत जनताको कल्याण र समृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको बताए । अर्थ मन्त्रालयका अनुसार दक्षिण एशिया विश्व आर्थिक वृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार प्रभाव जमाउँदै गएको भए पनि अन्तरदेशीय सडक सञ्जाल र अन्तर आबद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीनगुणा सम्म बढाउन सकिने संभावना भए पनि पाँच प्रतिशतभन्दा माथि पुग्न नसकेको अर्थमन्त्रीले बताए । 

दक्षिण एसियाको समग्र अर्थिक स्थायित्वको चर्चा गर्दै उनले लगातार तेस्रो वर्ष पनि नेपालले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गरेको जानकारी दिए 

वित्तीय समावेसिता विषयमा भएको उक्त बैठकमा सार्कका महासचिव अहमद हुसेन बि सियालले सार्क बडापत्रबमोजिम दक्षिण एशियाका जनताको जीवनस्तर उठाउने तथा समृद्ध दक्षिण एशिया निर्माण गर्नु सार्कको उद्देश्य भएको बताए । उनले दक्षिण एशियामा लघुवित्त र लघु उद्यमको प्रचुर विकास भए पनि निर्धन जनताको जीवनमा त्यसले खासै परिवर्तन अनुभूत नगराएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै