काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड हडर्सफिल्डसँग बराबरीमा रोकिएसँगै अर्को बर्षको च्याम्पियन्स लिगमा छनौट हुन् असफल भएको छ ।
आइतबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र हडर्सफिल्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
युनाइटेडका म्याकटोमीनयले खेलको आठौ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो भने हडर्सफिल्ड टाउनका लागि इसाक एम्बेनजाले खेलको ६०औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।
लिगमा ३७ खेलमा ६६ अंक हासिल गरेपछि अब युनाइटेड शिर्ष चारमा पर्न असफल भएको हो । यससँगै युनाइटेड अर्को सिजनमा च्याम्पियन्स लिगमा छनौट हुन् पनि असफल भएको छ । युनाइटेडले अब यस सिजनको लिगमा कार्डिफ सिटीसँग खेल्ने छ ।