• २०८१ बैशाख १८ मंगलबार

'प्रेम गीत ३' मा प्रदीपसँग रोमान्स गर्न नायिकाको अडिसन खुल्यो   

kharibot

काठमाडौँ । सुपरहिट लभस्टोरी फिल्म ‘प्रेमगीत’ को तेस्रो पार्टको छायांकन सुरु हुनुभन्दा अगाडी नै प्रदर्शन मिति घोषणा गरिएको थियो ।

आउदो चैत २८ गते प्रदर्शन हुने चलचित्र ‘प्रेम गीत ३’ मा प्रदिप खड्काको नायिकाको लागि अडिसन आव्हान गरिएको छ  । निर्माता सन्तोष सेनले के विज्ञप्ति जारी गर्दै फिल्मको मुख्य नायिका नयाँ नायिका लिने घोषणा गरेका हुन् । उनले भनेका छन्, ' प्रेम गीत ३ को मुख्य अभिनेत्रीका लागी हामीले अडिसनबाटै एकजना राम्रो अभिनेत्री चलचित्र उद्योगमा प्रबेश गराउने सोंच राखेका छौं । सोहि अनुसार हामीले आधिकारिक रुपमा एकजना अभिनेत्रीको लागी अडिसन आह्वान गरेका छौं ।'

आवेदन कसरी दिने ?

आसुसेन फिल्मको ब्यानरवाट निर्माण हुने यो चलचित्रका लागी इच्छुकहरुले संसारभरबाट अडिसनमा सहभागी हुन सक्नेछन् । उहाँहरुले www.aasusenfilms.com मा गएर फारम भर्न सक्नुहुनेछ अथवा आसुसेनको ईमेल : [email protected] मा पनि सम्पर्क गर्न सक्नेछन् ।

सर्तहरु

हालै खिचेका ४ वटा स्पष्ट अनुहार देखिने तस्विरसहित उहाँहरुले आफ्नो बायोडाटा पठाउनुपर्नेछ । अभिनेत्री बन्न चाहनेहरुको उचाई ५.२ देखी ५.७ सम्म हुनुपर्नेछ । १८ बर्षभन्दा माथि र २५ बर्ष नपुगेको हुनुपर्नेछ ।
कसरी छानिनेछ अभिनेत्री ?

आवेदन आइएसकेकाहरुमध्ये २० जना फाइनल अडिसनका लागी छान्नेछौं । उहाँहरुमध्येबाट एकजना मुख्य अभिनेत्री छनौट गर्नेछौं ।इच्छुकहरुले आगामी जेठ १० सम्म सम्पर्क गरिसक्नुपर्नेछ ।

फिल्मको प्रदर्शन मिति यस वर्षको अन्तिम महिनाको अन्तिम हप्ता अर्थात् चैत २८ गतेलाई लक गरिएको छ । दुई सिरिजको सफलतापछि निर्माता सन्तोष सेनले ‘प्रेमगीत ३’ निर्माण गर्न लागेका हुन् । यस फिल्मको दोस्रो सिरिजमा उनको पनि प्रमुख भूमिका थियो ।

तेस्रो पार्टमा भने उनी निर्देशकको रुपमा भित्रिएका छन् । अभिनय चाहिँ रहने-नरहने खुलाइएको छैन । उनीसँगै फिल्मलाई 'डमरुको डण्डीबियो' फेम्ड निर्देशक छेतन गुरुङले पनि निर्देशन गर्दैछन् । यसको कथा छेतनकै रहेको छ

‘प्रेमगीत’ को पहिलो सिरिजबाट स्टारको रुपमा उदाएका प्रदीप खड्का फेरि प्रेमको भूमिकामा देखिँदैछन् । यस फिल्मको अघिल्लो दुई सिरिजमा उनी नै प्रमुख भूमिकामा थिए । फिल्ममा प्रदीपको अपोजिटमा नायिका पनि फाइनल भइसकेको बताइएको भएपनि निर्माण टिमले आधिकारिक रुपमा नाम सार्वजनिक भने गरेको छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै