• २०८१ बैशाख १७ सोमबार

फोरमसँगको एकतामा असन्तुष्ट नयाँ शक्तिकी नेतृ नेकपामा प्रवेश   

kharibot

काठमाडौं । संघीय समाजवादी फोरमसँगको एकतामा असन्तुष्ट नयाँ शक्ति पार्टीकी नेतृ सीमा विक नेकपा प्रवेश गरेकी छन् । 

बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले विकलाई पार्टी प्रवेश गराएका हुन् । 

जनशक्ति पार्टीकी पूर्वसभासद् विक बाबुराम नेतृत्वमा नयाँ पार्टी गठन भएपछि नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । 

नयाँ शक्तिका योजना कागजमा मात्र सीमित भएको र एकताले अझ कार्यान्वयन हुने अवस्था नदेखिएपछि नेकपा प्रवेश गरेको विकले बताएकी छन् । अहिलेका एजेन्डाप्रति प्रभावित भएर आफु नेकपामा प्रवेश गरेको उनले बताइन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले विकको नेकपा प्रवेश सहि समयमा भएको भन्दै देशको समृद्धि अभियानमा जोडिन आएकोमा स्वागत गरेका थिए ।

प्रचण्डले आउने दिनमा देशमा एउटै कम्युनिष्ट पार्टी बनाएर लैजाने अभियान जारी रहेको बताए ।               

विकलाई नयाँ शक्ति पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै