• २०८१ बैशाख १७ सोमबार

नेप्सेमा दोहोरो अंकले वृद्धि, ट्रेडिङबाहेक सबै समूहले कमाए

kharibot

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । नेप्से आज  १४ दशमलव १२ अंकले बढेर १३ सय १५ दशमलव ५६ विन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव पाँच अंकले बढेर दुुई सय ७९ दशमलव ७४ विन्दुुमा चढेको छ ।

एक सय ७० वटा कम्पनीहरुको नौ हजार नौ सय १९ वटा कारोबारमा ३१ लाख ६६ हजार चार सय ६७ कित्ता सेयर खरिदविक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदविक्री हुँदा कारोबार रकम एक अर्ब तीन करोड ७२ लाख ५८ हजार सात सय २९ रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा टे«डिङ समूहको सूचक सामान्य अंकले घटे पनि बाँकी ११ वटा समूहको सूचक उच्च अंकले बढेका छन् । जसअनुसार वाणिज्य बैंक समूहको सूचक १४ दशमलव १४ अंकले बढेर ११ सय ७५ दशमलव ५७ विन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक पनि ११ दशमलव छ अंकले बढेर १५ सय ६४ दशमलव ६९ विन्दुुमा चढेको छ ।

जलविद्युुत् समूहको सूचक पनि दुुई दशमलव ५९ अंकले बढेर ११ सय ९९ दशमलव १९ विन्दुुमा चढेको छ । यीबाहेक लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि उच्च अंकले बढेका छन् ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० रुपैयाँले बढेर ११ हजार ५५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सूर्योदय लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ ५५ पैसा घटेर आठ सय ३२ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय १४ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ३१ लाख ५९ हजार तीन सय ७४ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय