• २०८१ बैशाख १७ सोमबार

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

kharibot

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से सूचक तथा कारोबार रकम दुवै अघिल्लो दिनको तुुलनामा घटेका छन् ।

नेप्से दुुई दशमलव २९ अंकले घटेर १३ सय १८ दशमलव ७१ बिन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८१ अंकले घटेर दुई सय ८१ दशमलव ४४ बिन्दुुमा झरेको छ ।

एक सय ७३ वटा कम्पनीहरुको १० हजार छ सय ५१ वटा कारोबारमा २९ लाख ९२ हजार छ सय ४३ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिणमा सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९४ करोड ७६ लाख ५६ हजार पाँच सय १६ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा पाँच वटा समूहले कमाए पनि छ वटा समूहले गुमाएका छन् । सोमध्ये वाणिज्य बैक समूहको सूचक आठ दशमलव २४ अंकले घटेर ११ सय ७७ दशमलव १९ बिन्दुुमा झर्दा जलविद्युुत् समूहको सूचक पनि एक दशमलव १३ अंकले घटेर ११ सय ९० दशमलव ८१ बिन्दुुमा झरेको छ ।

यसैगरी, जीवन बीमा, लघुबित्त, होटल र अन्य समूहको कारोबार सूचक पनि घटेकाछन । बिकास बैंक समूहको सूचक भने २१ दशमलव २५ अंकले बढेर १६ सय ११ दशमलव ९३ विन्दुुमा चढेको छ । निर्जीवन बीमा, फाइनान्स, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता सेयर मूल्य १० रुपैयाँले बढेर पाँच सय ७२ रुपैयाँमा कारोबार भएको छ भने गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको कृषि विकास बैंकको प्रतिकित्ता सेयर मूल्य तीन रुपैयाँ ८८ पैसाले घटेर चार सय २१ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता पाँच सय ७२ रुपैयाँ अन्तिम मूल्यमा १३ करोड ४१ लाख आठ हजार चार सय १५ रुपैयाँको सेयर कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै