काठमाडौँ । स्विडेनका फुटबलर जलाटन इम्ब्राहिमोविचलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।
मेजर लिग सकर (एमएलएस) लिगमा एलए ग्यालेक्सीबाट खेलिरहेका इम्ब्रहिमोविचलाई न्युयोर्कसिटीविरुद्धको गत शनिबारको खेलमा सिटीका गोलकिपरलाई हानेको आरोपमा उनलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो ।
मैदानमा लगातारको खराब व्यबहारका कारण इम्ब्राहिमोविचलाई प्रतिबन्ध लगाएको हो ।
३७ बर्षिय स्ट्राइकरले खेलको ८६औ मिनेटमा बल गोल गर्ने प्रयास गर्दा असफल भएपछि सिटीका गोल किपरले उनलाई दिएको धक्काको जवाफमा उनले गोलकिपरको कम्मरमा समातेर लडाएका थिए । सो घटनापछि रेफ्रीले दुवै खेलाडीलाई पहेलो कार्ड दिएका थिए ।
खेल मैदानमा हुने विवादित घटनाका कारण इब्रहिमोविच चर्चामा आउने गर्दछन । पछिल्लो तीन सातामा मैदानमा उनले गरेको यस्तो व्यबहार दोस्रो पटक हो ।
ओ खेलमा एलए ग्यालेक्सी २-० ले पराजित भएको थियो ।
यो प्रतिबन्ध पछि इब्राहिमोविचले आइतबार हुने कोलोराडो र्यापिड्स र ओर्लान्डो सिटीविरुद्धको खेल गुमाउने छन् ।