• २०८१ बैशाख २३ आइतबार

महिला हिंसाको घटना बढ्दो

kharibot

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो आंकडाले गत आर्थिक वर्षको तुलनामा महिला हिंसा बढेको देखाएको छ । राष्ट्रिय महिला आयोगको चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्याङ्कले महिला हिंसाको घटना बढ्दो क्रममा रहेको देखाएको हो । 

राष्ट्रिय महिला आयोगमा हिंसाको उजुरीमा चालु वर्षको वैशाखसम्ममा ११ सय ६२ घटना दर्ता भएको तथ्याङ्कले देखाउछ । गत आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा ८ सय ३८  उजुरी दर्ता भएको देखिन्छ । यसरी हेर्दा आयोगमा अघिल्लो वर्षको तुलनामा २ महिना अगाडि नै ३ सय २४ बढि घटना दर्ता भएको देखिन्छ । 

चालु वर्षमा दर्ता भएको जम्ममा ११ सय ६२ घटनामध्ये १ हजार ३३ घरेलु हिंसाका घटना र १ सय २९ महिला हिंसाका घटना रहेको देखिन्छ । ल्याकले २ सय ६७, सेलर्डले १६ र नेपाल बार एशोसियशनले ८८ गरी ३ सय ७१ जनाले कानूनी उपचार गरेर घर फर्किएका तथ्याङ्कले देखाउछ । 

त्यसै गरी साथि संस्थाले ७९ जनालाई आश्रय दिएर राखेको छ । साथी संस्थाले पीडित व्यक्तिलाई ६ महिनासम्म आश्रय दिने गर्दछ । 

२ सय १६ जनालाई आयोगले मेलमिलाप गरेर सहमतिमा घर फिर्ता गराएको छ भने २ सय ४२ जनालाई अन्य किसिमका बाहिरी रुपमा सहयोग गरेको छ । अर्थात् पुलिससम्म पुर्याउने, जग्गा उपलब्ध गराउन मालपोतसम्म पुर्याउने विदेश भाग्न खोज्नेलाई रोक्का गर्न इमिग्रेशनसम्म पहल गर्दिने काम गरी सहयोग गरेको छ । 
नौं सय आठ जनालाई विभिन्न माध्यमबाट सहयोग गरेको तथ्याङ्कले देखाउछ भने २सय ५४ जना अझै प्रक्रियामा नै रहेको देखिन्छ । 

घरेलु हिंसामा शारीरिक, मानसिक, आर्थिक, यौनजन्य हिंसाका घटनाहरु आउने गर्दछन् भने महिला हिंसामा यौनजन्य, अशंमाग, कुटपीट, मानसिक याताना, कर्तव्य ज्यान, बेचविखन, जवरजस्तीकरणी, लेनदेन, ठगी, बोक्सी आरोप लगायतका उजुरी दर्ता हुने गरेको देखिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै